निर्वाचनमा अनुगमन गर्न अनुगमनकर्ता खटिने।

0
680

१५ मंसिर , काठमाडौं । निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गर्न निर्वाचन आयोगले शुक्रबारदेखि अनुगमनकर्ता खटाएको छ । आयोगले आवश्यक ठानेका ठाउँमा अनुगमनकर्ता खटिनेछन् ।

आयोगका अनुसार ८८ जना उपसचिवस्तरका कर्मचारी अनुगमनमा खटिनेछन् । उनीहरुले निर्वाचनमा आचारसंहिता पालना भए नभएको अनुगमन गरी आचारसंहिता पालना नभएको पाइए तुरुन्तै निर्वाचन आयोगलाई जानकारी गराउनेछन् ।

आचारसंहिता पालना नभएको भेटिएमा ठाउँको ठाउँ कारवाही गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा दलका नेता कार्यकर्ता तथा उम्मेदवारले आचारसंहिता पालना नगरेको गुनासो बढेपछि दोस्रो चरणको चुनावका लागि आयोगले अनुगमनकर्ता खटाएको हो ।