काँग्रेस उम्मेद्वारको गाडीमा बम पड्काउने मुख्य योजनाकार मगर पक्राउ

0
170

मंसिर १५, उदयपुरको – उदयपुरगढी गाउँपालिका –६ दनुवारवेशीमा बम पड्काउने घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।

उनीहरुले प्रयोग गरेको मोटरसाइकल सहित विद्युतीय धराप थाप्ने मुख्य योजनाकार त्रियुगा नगरपालिका –८ शाहीखोलाका बलबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न अरुको पनि पहिचान भईसकेकोले उनीहरुको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।

वुधबार बिहान उदयपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उमेदवार नारायणबहादुर कार्कीको गाडीलाई लक्षित गरि दनुवारवेसीको जंगलमा बम पड्कँदा कार्कीसहित सातजना घाइते भएका थिए ।