‘टुरिष्ट शब्द ‘ जनताबाट सिकेको छु :राना

0
170

मंसिर १५,कैलाली– नारदमुनि राना कैलाली क्षेत्र नं ५ का बामगठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।

उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री पत्नी डा. आरजु देउवा राणासँग हुदैछ । मतदानको मिति नजिकिदै गर्दा यहाँका प्रतिस्पर्धी उम्मेदवारहरु आरजुु र रानावीच ‘को टुरिष्ट र को स्थानीय’ भन्नेमा सवालजवाफ नै हुन थालेको छ । तर, रानाले आफुले आरजुलाई टुरिष्ट नभनेको बताएका छन् । जनताले नै आरजुलाई टुरिष्ट भन्ने गरेको उनको भनाइ छ । उनले जनताले बोलेको शव्द आफुले सापटी लिएको मात्रै बताए ।

चुनावी चटारोमा रहेका रानाले शुक्रबार बिहान रातोपाटीसँग कुरा गदै भने ‘म आरजुलाई यति मतले भनेर गन्दैन तर, धेरै मत अन्तरले हराउँछु । उनले आफुले घरदैलो गरेर धेरै ठाउँमा पुगिसकेको र जनताले आफूलाई नै मत दिने विश्वास दिलाएको पनि बताए ।

त्यसो त राना आफु स्थानीय भएकाले पनि धेरै मतदाताले जिताउनेमा विश्वस्त छन् । भन्छन् ‘म जन्मे हुर्केको यहि हो, यहाँका जनताले मलाई राम्ररी चिन्छन् म अरु कुनै जिल्लाबाट चुनाव लड्न आएको होइन ।’ यहाँका सबै क्षेत्रका बासीन्दाले आफुलाई मन पराएको उनले सुनाए ।