चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै घोर अपमान:खनाल

0
117

मंसिर १५,इलाम । इलाममा  एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थिर सरकार निर्माणका लागि वाम गठबन्धन गरेको बताएको हो ।

वाम गठबन्धनको सरकार बनेपछि  विकास र निर्माणको नयाँ युग सुरु हुने खनालले बताए । माई नगरपालिकाको दानाबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै खानलले भने, ”हिजो मुलुक क्रान्ति र आन्दोलनको युगबाट अघि बढ्यो । अब विकासको गति लिएर अघि बढ्ने छ ।”

खनालले जनताको भाग्य र भविष्य उज्वल बनाउनका लागि वाम गठबन्धन गरेर चुनाव लडिरहेकाले निर्वाचनलाई सफल बनाउनका लागि गतिशील भएर लाग्न पनि आव्हान गरेको छ। विदेशीको अनुकूलतामा संशोधन गर्न खोक्रो बनाउने खेलमा लागेकाले संविधानलाई जोगाउनका लागि पनि बाम गठबन्धन गरेको उनले बताए ।

इलामको गहनाको रुपमा रहेको चिया बगान विदेशीलाई बेचेर इलामको मात्र होइन, देशकै घोर अपमान गरेको आरोप पनि लगाए। बासबारी जुत्ता कारखना र हेटौंडा कपडा कारखनाजस्ता कारखनाहरु विदेशीलाई कौडीको मूल्यमा विक्री गरेर नेपाली कांग्रेसले मुलुकलाई विदेशीहरुको बजार बनाएको बताए ।