४ दिनपछि त्रिशुलीमा खसेको बस भेटियो

0
147

मंसिर १५,काठमाडौं । गत बुधबार त्रिशुलीमा खसि बेपत्ता भएको बस ४ दिन पछि भेटिएको छ। चितवनको चुम्लिङटारमा ७ जनाको ज्यान जानेगरी गत बुधबार भएको दुर्घटनामा हराइरहेको बस चार दिनपछि भेटिएको हो। तर, बससँगै हराएका यात्रुको अवस्था भने अज्ञात रहेको छ । गत बुधबार काठमाडौंबाट अर्घाखाँचीका लागि हिँडेको लु२ख २९१ नम्बरको यात्रु बस चुम्लिङटारमा दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको थियो।

शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट खटिएको टोलीले पानी सतहबाट २५ फिट तल रहेको बस फेला पारेको हो।