ओखलढुंगामा एक एचआइभी संक्रमितको मृत्यु,आठ जना नियमित परिक्षणमा

0
120

मंसिर १५,ओखलढुंगा ।ओखलढुंगामा आठ जना एचआइभी संक्रमित ब्यक्तिहरु अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराईरहेका छन् । विश्व एड्स दिवसका अवसरमा शुक्रबार जिल्ला स्वास्थ्य कार्यलय रुम्जाटारमा भएको एक कार्यक्रमका बिच उनिहरुलाई अस्पतालले दिने उपचारका बिषयमा जानकारी गराईएको हो ।

नियमित उपचारमा संलग्न आठ मध्ये चार महिला र चार पुरुष रहेका छन् । ति मध्ये चार जना मात्रै सरकारको एआरभी उपचारमा छन् । अन्य दुई जनालाई पनि अर्काे महिनाबाट एआरभी उपचारमा संलग्न गराईने अस्पतालका एआरभी काउन्सिलर कुमार प्रसाद दाहालले बताए ।

जिल्लाका बिभिन्न स्वास्थ्य संस्थामा उचारका लागी आउने गरेका बिरामीहरु मध्ये एचआइभी संक्रमित भएको पाईए जिल्ला स्वास्थ्य कार्यलयमा पठाउने गरिएको छ । अस्पतालमा आएका बिरामीहरुलाई नियमी परिक्षण, मासिक औषधी सहित उपचार गरिने गरिएको छ ।यस अघि यस आर्थिक बर्षमा सदरमुकाम स्थित मिसन सामुदायीक अस्पतालमा परिक्षणका लागी आएका एक जना ४९ बर्षिय एचआइभी संक्रमित ब्यक्तिको मृत्यु भएको थियो ।

जिल्लामा यस्ता थुप्रै एचआइभी संक्रमित ब्यक्तिहरु भएपनि परिवार र समाजको डरका कारण खुल्न सकेको सरोकारवालाको बुझाई छ । विश्व एड्स दिवस दिवसका अवसमा यस वर्षको नारा ‘मेरो स्वास्थ्य मेरो अधिकार’ तय गरिएको छ।