हराएको एक सातापछि एक पुरुषको शव कुहिएको अवस्थामा भक्तपुरमा भेटिए

0
129

मंसिर १५,भक्तपुर ।भक्तपुरमा हराएको एक सातापछि एक पुरुषको शव कुहिएको अवस्थामा भेटिएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका– १० साँगा मुसी गणेश मन्दिर नजिकै खोल्सामा कुहिएको शव भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।

सिपाडोल बस्ने ३२ वर्षीय सतार जातका फागु टुडु हराएर खोजी गर्न प्रहरीमा आफन्तले खबर गरेको केही दिनपछि आज स्थानीयवासीले शव फेला परेको हो।   उक्त शवलाई प्रहरीले  परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर अनुसन्धान सुरु गरेको श्रेष्ठले बताएको हो।