यात्रुवाहक बसमा विस्फोटक पदार्थसहित दुई पक्राउ

0
107

मंसिर १५, धादिङ। काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसबाट दुई जनालाई प्रहरीले विस्फोटक पदार्थसहित आज पक्राउ गरेको छ ।

धुनीबेँसी नगरपालिकामा पर्ने त्रिभुवन राजपथको खानीखोलामा गाडी जाँचका क्रममा ना७ख ४९७६ नंको यात्रुवाहक बसबाट एउटा प्रेसर कुकर बम, दुई सकेट बम र विस्फोटक पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिए ।