नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा हुन्छ : सूचना तथा सञ्चारमन्त्री बस्नेत ।

0
107

१६ मंसिर , दाङ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दाङका उपमहानगरपालिका, नगरपालिका र स्थानीय निकायमा सरकारले इन्टरनेटको सुविधा पु¥याउन लागेको बताए ।  प्रेस युनियन दाङले आज घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले नेपालका हरेक स्थानीय निकायमा केही समयमै इन्टरनेटको सुविधा पु¥याउने तयारी भएको बताए । रेडियो नेपालको प्रादेशिक कार्यालयको उद्घाटनका लागि दाङ पुगेका मन्त्री बस्नेतले भौतिक र साधन स्रोतले भरिपूर्ण भएको दाङ प्रदेश नं ५ को राजधानी बन्ने बताए ।