उदयपुरका प्रमुख जिल्ला अधिकारी श्रेष्ठलाई गृह मन्त्रालयमा तानिए ।

0
129

१६ मंसिर , काठमान्डौँ । जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न नसकेको आरोप लगाउँदै सरकारले उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालयमा तानेको छ । श्रेष्ठको स्थानमा प्रदीपराज कँडेललाई प्रमुख जिल्ला अधिकारी बनाएर उदयपुर पठाइएको छ ।यही मंसिर १३ गते उदयपुरगढी नगरपालिका ६ दनुवारबेसीमा अज्ञात समूहले बम विष्फोट गराउँदा कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित ७ जना घाइते भएका थिए । प्रतिनिधिसभा सदस्य उम्मेदवार कार्कीसहित घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ ।