राष्ट्रिय प्रसारणलाइनमा १३.६ मेगावाट थप ।

0
126

१४ मंसिर काठमाडौं । मुस्ताङको टुकुचेमा निर्माण भएको थापा खोला जलविद्युत आयोजनाबाट उत्पादित बिजुली हालैबाट राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । यसले उत्पादन थालेसँगै राष्ट्रिय प्रसारण लाइनमा १३.६ मेगावाट थप भएको छ । माउण्ट कैलाश हाइड्रोपावर निर्माण गरेको यो जलविद्युत् आयोजना गत मंसिर ६ गतेदेखि राष्ट्रिय प्रसारणलाइनमा जोडिएको हो ।