चक्रपथ सफाईको १६औं हप्ताको कार्यक्रम सम्पन्न, २ ट्रक फोहोर संकलन ।

0
834

मंसिर १६ काठमाण्डौं । चक्रपथ सफाईको १६औं हप्ताको कार्यकम सम्पन्न भएको छ । बिहान ७ बजे चक्रपथको बाफलबाट सुरु भएको सफाई अभियान स्युचाटार पुलमा पुगेर सम्पन्न भएको हो । सफाई अभियानमा बिगतको जस्तै स्थानिय,नेपाल प्रहरी, शसस्त्र प्रहरी,नेपाली सेनाको सहभागीता रहेको थियो । आजको सफाई अभियानमा काठमाण्डौं महानगर पालिका वाताबरण बिभागका प्रमुख हरि कुँवरको समेत उपस्थिती रहेको थियो । सरसफाईबाट २ ट्रक फोहोर संकलन गरिएको थियो ।

सफाई सम्पन्न गरे पछिको चक्रपथ ।

अभियानका संयोजक तथा ब्यबसायी तारा बहादुर कुँवरले आफुहरुको अभियानमा स्थानियको मात्रै साथ नभएको भन्दै टाढा टाढाबाट पनि जनसहभागीता हुने गरेकाले अब राजधानीको मुहार फेर्न धेरै कठिन नभएको बताउनु भएको थियो । आफ्नै लगानी र श्रमदानबाट चक्रपथ सफाई अभियान बृहत हुनुले एक ब्यक्तिबाट सुरु भएको सकारात्मक कार्यमा बिस्तारै समाजले साथ दिने उहाँको बिश्वास थियो । चक्रपथ सफाई अभियानका संरक्षक समेत रहनु भएको कलाकार श्रीकृष्ढण सिंखडाले जनताको चेतनाको स्तरमा परिवर्तन आउन थाल्नु नै अभियानको सफलता भएको बताउनु भएको थियो । 

निर्वाचनका कारण स्थानियको सहभागीताका कमि आएको भन्दै कुनै पनि कारणबाट यो अभियान कम्जोर नहुने बताउादै सिंखडाले २५ओं हप्ताको बिषेश कार्यक्रममा सहभागीहरुलाई सम्मान गरिने समेत जानकारी दिनु भएको थियो । चक्रपथ सफाई अभियानको आगामी कायृक्रम सितापाईला चोकबाट सुरु हुने आयोजकले जानकारी दिएका छन् ।