मुसहर बस्तीमा देखिएन् चुनावको रौनक

0
141

मंसिर १६,सिरहा– सिरहा जिल्लाको नरहा गाउँपालिका–१, मुसहर समुदायमा चुनावी चहलपहल अझै देखिएको छैन ।

आगामी मंसिर २१ हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भोट माग्न मुसहर बस्तीको गाउँमा अहिलेसम्म दलहरू नगएकाले त्यहाँका बासिन्दा बेखर जस्तै भएका हुन् । मतदाता शिक्षाका लागि कोही पनि गाउँमा नआएको उनीहरू बताउँछन् ।

‘घरमा बिजुली छैन, रेडियो, टिभी पनि छैन हामीलाई चुनाव कहिले हो भन्ने थाहा नै भएन’, नरहा गाउँपालिका की ३५ वर्षीया ज्ञानी सदाले गुनासो गर्दै भनन्,ि ‘ज्याला मजदुरी गरी गुजारा चलाउनुपर्ने बाध्यता छ, हामीलाई चुनावसम्बन्धी कुनै जानकारी पनि छैन ।’

नरहा गाउँपालिका १ की ३० वर्षीया जनी सदाले आफूहरू सामु चुनावको जानकारी गराउने कोहि पनि नआएको बताइन् ।
मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा मतदाताले भोट हाल्नुपर्ने भए पनि कसरी भोट हाल्ने भन्नेमा उनीहरूमा अन्योल छ ।

साँझ बिहान के खाउँ र के लाउँ भन्ने अति विपन्न समुदायका लागि निर्वाचनले कुनै प्रभाव पार्न सकेको छैन । आयस्रोत न्यून हुनेहरू दिनभर नै ज्याला मजदुरी गर्न बाध्य हुँदा निर्वाचनका बारेमा बेखबर भएका हुन् ।