नेपालका राष्ट्रिय क्रिकेटर एभरेस्ट प्रिमियर लिग खेल्नबाट बन्देज

0
121

मंसिर १६,काठमाडौ । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालका राष्ट्रिय क्रिकेटरलाई एभरेस्ट प्रिमियर लिग (इपिएल) खेल्न बन्देज लगाएको छ । आइसिसीबाट मान्यता प्राप्त प्रतियोगिता नभएको जनाउँदै राष्ट्रिय खेलाडीलाई इपीएल खेल्नबाट बन्देज लगाएको हो ।

आइसिसीका सिनियर क्रिकेट अप्रेसन म्यानेजर निगेल मास्कारेन्हासले इपिएल खेल्न कुनै खेलाडीलाई अनुमति नभएको तथा अनुमतिन दिन नसकिने जनाएका छन् । नेपालको सदस्यता आइसिसीले निलम्बन गरेको स्मरण गराउँने जनाएको छ ।

नेपालभित्र हुने प्रतियोगिताको मञ्जुरी आइसिसीले मात्र दिन सक्ने भन्दै प्रतियोगिता सञ्चालन गर्न र प्रतियोगिता खेल्न कुनै पनि खेलाडीलाई अनुमित नभएको उल्लेख गरेको छ । आइसिसीले २०७३ वैशाखमा नेपाल क्रिकेट संघ (क्यान) लाई निलम्बन गरेको थियो । आन्तरिक विवादका कारण क्यान निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको व्यवस्थापन हेर्दै आइरहेको छ ।