माल्दिभ्स र चीनबीच खुला व्यापार सम्झौता, भारतसंग दूरी उत्पन्न

0
109

मंसिर १६, माल्दिभ्सको संसद्ले बुधवार चीनसँग खुला व्यापार सम्झौता विना बहस पारित गरेको छ । माल्दिभ्सका आर्थिक विकासमन्त्री मोहम्मद सईदले चीनसँगको सम्झौताबाट विश्वकै सबभन्दा ठूलो बजारमा मत्स्य उत्पादनलाई विना कर निर्यात गर्न सघाउ पुग्ने बताएका छन्।

पछिल्लो कदमलाई माल्दिभ्स र भारतबीच दूरी उत्पन्न भएको रुपमा हेरिँदैछ। भारत पछिल्लो एक दशकयता माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट आफूलाई टाढा राख्दै आएको छ। त्यसको प्रत्यक्ष लाभ चीनले लिइरहेको देखिन्छ।

पछिल्लो पटक चिनियाँ राष्ट्रपति सि जिन पिङ माल्दिभ्स र श्रीलंकाको भ्रमण गरी भारत पुगेका थिए। उनको भ्रमणका क्रममा प्राचीन रेशम मार्ग ब्युँताउने चिनियाँ महत्त्वाकांक्षी परियोजनाबारे दुई देशसँग समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

सन् २०१४ को फेब्रुअरीमा विशेष प्रतिनिधिहरुको एउटा बैठकमा त्यसबारे अनौपचारिक कुराकानी भएको बताइन्छ। चीनसहित श्रीलंका र माल्दिभ्सलाई यो कुरा थाहा थियो कि त्यस विषयमा भारतीय रवैया ठीक छैन भनेर। त्यसका बावजुद माल्दिभ्सले सन् २०१४ को सेप्टेम्बरमा त्यससम्बन्धी सन्धिमा हस्ताक्षर गर्‍यो।

भारतले त्यसलाई रोक्ने केही हदसम्म प्रयास त गरेको थियो तर त्यो पर्याप्त थिएन। दक्षिण एसियाली मुलुकमा बढ्दो चिनियाँ प्रभावका सामु भारत कमजोर देखिँदैछ। ती मुलुकहरुका अनुसार सहयोग गर्ने वाचादेखि लिएर साँच्चिकै सहायता उपलब्ध गराउने मामिलासम्ममा भारतभन्दा चीन निकै अगाडि छ।

हालै दलाई लामाले चीन सामु भारत सुस्त रहेको बताएका थिए। कुनैबेला दक्षिण एसियाबारे भारतको नीति निकै आक्रामक मानिन्थ्यो। त्यो अवस्था राजीव गान्धी सरकारदेखि नरसिंहा राव सरकारसम्म रह्यो।

भारतले सन् १९८८ मा माल्दिभ्समा सत्तापलटको प्रयासलाई विफल तुल्याएको थियो। तर त्यसपछि भारतको प्रभाव कम हुँदै गयो जसका स्थानीय कारणहरु पनि छन्। माल्दिभ्सका पूर्व राष्ट्रपति ममून अब्दुल गयूम भारतसँग नजिक थिए।

विदेश नीतिको दृष्टिकोणले हेर्दा माल्दिभ्सको वर्तमान सरकारले सबै मुलुकसँग राम्रो सम्बन्ध बनाउने प्रयत्न गरिरहेको छ।
तर भारत र अमेरिकाको सन्दर्भमा त्यति प्रयत्न गरेको देखिँदैन जबकि चीनले छिमेकी मुलुकहरुसँग सम्बन्ध बढाउँदै लगेको छ।