मधेशबादीदल काँग्रेसमा बिलय भए हुन्छ : प्रचण्ड ।

0
1565

मंसिर १६ भरतपुर । नेकपा माओबादी केनद्रका अध्यक्ष प्रचण्डले बृद्ध भत्ता ५ हजार पुर्याउने बताएका छन् । भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले बेरोजगार युवाहरुलाई ध्यानमा राखेर बिषेश कार्यक्रम ल्याउने बताएका छन् । उनले आफुहरु काँग्रेस सकियोस् भन्ने चाहना नराखेको भन्दै बाँकी रहेका मधेशबादीदलहरु मिल्नु पर्ने सुझाव दिए ।

देशमा दुई पार्टि मात्रै हुनु पर्ने भन्दै देशको बिकासमा कुन पार्टिले राम्रो गर्ने भन्ने प्रतिस्पर्धा गर्न च्यालेन्ज गरे । प्रचण्डले पुर्व पश्चिम रेलमार्ग,लाशा देखि लुम्बीनीसम्म रेल चल्दैछ,हिमालमा खनिज पदार्थको प्रचुर सम्भावना छ,जलबिद्युतको सम्भावना उत्तिकै छ । पर्यटनको क्षेत्र अपार रहेको छ भन्दै राजनितीक क्रान्तीका लागि धेरै समय खर्च भयो अब पनि बिकासका लागि एकताबद्ध नहुने हो भने देशले धिक्कार्छ भन्दै हामी कम्युनिष्टहरु एकताबद्ध हुने निर्णयमा पुग्यौ । हामीले पार्टी एकताको हस्ताक्षर पछि मात्रै निर्वाचनका लागि एकता हुने स्थानमा पुगेका हौ ।

यसैबाट देशले बहुमतको सरकार पाउने भन्दै ५ बर्ष भित्रै देशले बिकासको महसुष गर्न पाउने दावी गरे । आफुले बाम गठबन्धन बन्नु अघि प्रधानमन्त्री देउवालाई पनि लोकतान्त्रीक दलहरु बिच एकता गर्नुस् भनेर सुझाव दिएको सुनाएका थिए ।