नेता चढेको गाडीलाई लक्षित गरी बम विस्फोट

0
307

मंसिर १६,तेह्रथुम। तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिममा चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका वाम गठबन्धनका उम्मेदवारलाई लक्षित गरी आज बम विस्फोट भएको हो ।

बजारमा संयुक्त वाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न जाँदै गरेका एमाले पोलिटब्यूरो सदस्य तथा समानुपातिक उम्मेदवार डा विजय सुब्बा, माओवादी केन्द्रकी नेत्री तथा समानुपातिक उम्मेदवार सुशीला कन्दङवालगायत नेता चढेको गाडीलाई लक्षित गरी आङ्दिममा बम विस्फोट भएको प्रहरीले बताए ।

विस्फोटमा परी मे १ ज २०२ नम्बरको ल्याण्डरोभर गाडीमा क्षति पुगेको घटनास्थल पुगेका प्रहरी निरीक्षक गणेश कोइरालाले जानकारी दिए ।