राजनीतिक कारणले कहिले सम्म बालबालिका शिक्षाबाट बञ्चित?

0
231

मंसिर १७,मोरङ । २१ गते तराईका जिल्लामा हुन गैरहेको प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना बिद्यालयमा हुने भएपछि विराटनगरवासी आक्रोसीत बनेका छन् ।

मोरङ स्थीत ६ ओटै प्रनितिधी सभा र १२ ओट प्रदेश सभाको मतगणना विराटनगर स्थीत आर्दश बिद्यालयमा हुँदै छ । जिल्ला भरको मतगणना हुँदा धेरै दिनसम्म बिद्यार्थी पढाइ प्रभावित हुने भन्दै अभिवावकले यसको बिरोध गरेका हुन । मतदानको दिन एक दिन बिद्यालय बन्द गर्नु व्यवहारीक भएपनि मतगणनाको  लागि बिद्यालय  रोज्नु गलत भएको अभिवावकहरुको भनाइ छ ।