निर्वाचन सकिए लगतै मुलुकले विकास र समृद्धिको बाटो समात्ने राष्ट्रपति भण्डारीको विश्वास

0
251

मंसिर १७,काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिए लगतै मुलुक समृद्धितर्फ अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । राजनीतिक उपलव्धि प्राप्त पछि अब मुलुक विकास र समृद्धिको बाटोमा अघि बढ्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।

१४ औं ज्यापु दिवस तथा योमरी पुन्हीको अवसरमा आइतवार आयोजित कार्यक्रममा वोल्दै राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको समापनसंगै मुलुक विकासको दिशामा अघि बढ्ने बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ज्यापु समुदायको संस्कृति संरक्षणमा योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ज्यापु समुदायले आइतबार यमोरी पुन्ही मनाएका छन् । योमरी पुन्हीमा नयाँ भित्र्याइएको धानको चामलबाट बनेको पिठोको विशेष परिकार खाने चलन हुन्छ ।

नयाँ अन्न राखिएको भकारी एवं भण्डारमा योमरी लगायत लक्ष्मी, गणेश, कुवेर, नांग्लो, सुकुन्दा, कुचो समातेको मान्छे, पानस, कछुवा आदिको मूर्ति सहित चेप्टो सानो सानो पात आकारको ल्होँचामरी बनाई पूजा गरी चढाउने प्रचलनमा रहेको छ ।