बाँकेमा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगे ।

0
242

१९ मंसिर बाँके । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव सम्पन्न गराउन कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटीका, मतदाता परिचयपत्र लगायतका ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
सोमबार बेलुका मतदान केन्द्र पुगेर मङ्गलबार बिहानबाट मतदान स्थल निर्माणका लागि आवश्यक तयारी गर्ने कार्यतालिका रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख बसन्तराज अधिकारीले जानकारी दिए ।
दुई लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र , ३ सय २७ मतदान स्थल रहेका छन् । चुनाव सम्पन्न गराउनका लागि झण्डै २ हजार ६ सय १६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको बताईएको छ ।