काँग्रेस नेता लेखकको घरमा भएको बिष्फोट निन्दनीय : नेपाली काँग्रेस ।

0
1098

मंसिर १९ काठमाण्डौं । नेपाली कांग्रेसले आफनो पार्टीका केन्द्रीय सदस्य, तथा पूर्व मन्त्री एवं कंचनपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार रमेश लेखकको घरको कम्पाउण्डमा गएराति बम विस्फोट भएको घटना प्रति आपत्ति जनाउँदै
निन्दा गरेको छ । पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेल द्धारा जारी बिज्ञप्तीमा यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भत्र्सना गर्दछ भनिएको छ। साथै,नेपाली कांग्रेसका सभापति, शेरबहादुर देउवा बस्नु भएको कैलालीको धनगढी स्थित होटल नजिक हिजो विहान मा बम फेला परेको घटना प्रति पनि पार्टीले गम्भिर आपत्ति जनाएको छ ।

शान्तिपूर्ण एवं निर्वाध रुपमा निर्वाचनमा सहभागी हुन पाउने नागरिकको नैसर्गिक अधिकार माथि अवरोध खडा गर्ने र लोकतान्त्रिक संस्कार तथा संस्कृतिको उपहास गर्ने यस प्रकारका आपराधिक घटनाको नेपाली कांग्रेस कडा मुकाविला गर्न तयार रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ। यस्ता अपराधिक घटना नियन्त्रण गरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन तथा यस्ता घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कडाभन्दा कडा कार्वाही गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ ।