कुन्ताबेशी बजारमा सकेट बम भेटियो ।

0
425

२० मंसिर , काभ्रे । काभ्रेको मण्डन देउपुर नगरपालिकाको कुन्ताबेशी बजारमा सकेट बम भेटिएको छ ।  बुधबार बिहान शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद बस्तु सकेट बम भएको र बम निस्किृय पार्न नेपाली सेनाको बम डिस्पोजल टोलीसहित प्रहरी घटनास्थल पुगेको छ । बम निस्किृय पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनको अघिल्लो दिन पनि बम भेटिन थालेपछि स्थानीय त्रसित भएका छन् ।