शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने बारे आज टुंगो लाग्ने ।

0
282

२० मंसिर, काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको मनोनयन खारेज हुने कि नहुने भन्ने सम्बन्धमा सर्वोच्च अदालतले आज निर्णय गर्ने भएको छ । सर्वोच्चले निर्वाचन हुनु एकदिन अघि रायको उम्मेदवारी सम्बन्धमा छलफल गर्न निर्वाचन आयोगलाई बोलाएको छ । उनीमाथि कुटनीतिक राहदानी दुरुपयोगको आरोप छ ।

त्यसो त न्यायाधीश दीपकराज जोशीको एकल इजलासले उम्मेदवारी खारेजीको कारण पेस गर्न पनि निर्वाचन आयोगको नाममा आदेश जारी गरेको छ । निर्वाचनको १० दिन अघि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेपछि यादवले सर्वोच्चमा रिट हालेका थिए ।