नेपाल प्रहरीको हिट लिष्टमा विप्लव

0
585

मंसिर २०,नेपाल प्रहरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको जनाएको छ । नेपाल प्रहरीले नेकपाका कार्यकर्ताहरुले ठाउँठाउँमा बम विस्फोट गराएका कारणले नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न हिट लिष्टमा राखेको हो ।

निर्वाचनको पूर्वसन्ध्यामा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले विप्लव नेकपा चुनाव विरोध गतिविधिमा संलग्न रहेको जानकारी दिनुभयो । उहाँले बिहीबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन बिथोल्ने काममा संलग्न भएको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको बताउँदै प्रहरीको हिट लिष्टमा नेकपाका महासचिव विप्लव रहेको समेत उल्लेख गर्नुभयो ।

यसैबीच प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेकपाका ६०० र सिके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई छन् ।