बाम गठबन्धनका कार्यकर्ताले गरे काँग्रेस नेताको घरमा आक्रमण ।

0
207

मंसिर २१ बाठमाण्डौं । भक्तपुरको बालकोटमा वाम गठबन्धन कार्यकर्ताले कांग्रेस नेता विष्णु कार्कीको घरमा तोडफोड गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ कांग्रेस निर्वाचन प्रचार समितिका संयोजकसमेत रहेका कार्कीको घरमा तोडफोड गर्न खोज्दा दुई दलका कार्यकर्ताबीच झडप भएको थियो ।

गठबन्धनको टोलीले आफ्नो घरमा आक्रमण गरेको कार्कीले बताए । आक्रमणमा परी तीन जना घाइते भएका छन् । घाइते तीनैजनाको ठिमी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।