१ सय ६ वर्षिय बृद्धाले भोट हाल्दै भनिन् शान्ति, समंबृद्धि र सबैको भलो होस् ।

0
302

मंसिर २१ – सप्तरीमा १ सय ६ वर्षकी बृद्धाले मतदान गर्नुभएको छ । राजविराज नगरपालिका १५ देउरीभरुवाकी १ सय ६ वर्षकी पचियादेवी यादवले आधारभूत विद्यालय भवन देउरीभरुवा केन्द्रबाट मतदान गर्नुभएको हो ।
दुई जना सहयोगीका साथमा केन्द्रमा पुगेकी यादवले अहिलेसम्म धेरै पटक भोट दिए पनि यस पटकको चुनाव ऐतिहासिक भएकाले देशको शान्ति, समंबृद्धि र सबैको भलो होस् भन्ने चाहेको बताउनुभयो ।
आफूले अर्को चुनावमा भोट हाल्ने पाउने नपाउने निश्चित नभएको भन्दै उहाँले यो चुनावबाट विकासका काम गर्ने राम्रा व्यक्तिले जितुन भन्ने आफ्नो इच्छा रहेको बताउनुभयो । ‘अर्को चुनावसम्म त बाँच्दिन होला त्यसैले यो चुनावबाट राम्रा मान्छे छानिउन ।’ मतदानपछि पचियादेवीले भन्नुभयो ।
सप्तरीको आधारभूत विद्यालय भवन देउरीभरुवा केन्द्रमा ३ सय ७९ जना मतदाता रहेका छन् । ३ लाख ४६ हजार २ सय मतदाता रहेको सप्तरीमा अहिलेसम्म ५० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।