भिमफेदीमा ट्रिपर दुर्घटना हुदाँ दुई म्यादी प्रहरीसहित, ३ जनाको मृत्यु

0
311

मंसिर २२,काठमाडौं । मकवानपुरको भीमफेदी-२ चुनियाँमा भएको ट्रिपर दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना म्यादी प्रहरी पनि छन् ।

ट्रिपर चालकको पनि मृत्यु भएको र मृतकहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरको उत्तरी क्षत्रेमा चुनाव गराएर हेटौंडा फर्किंदै गरेका म्यादी प्रहरीको मृत्यु भएको हो ।

घटनामा घाइतेका भएका अर्को एक जनालाई हेटौंडा अस्पताल ल्याइएको छ ।