२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

मनाङमा थुनियो मर्स्याङ्दी नदी

मनाङको चामेनजिकै लेदोसहितको बाढीले मर्स्याङ्दी नदी थुनिएको छ। घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालका अनुसार घट्टे खोलाबाट आएको लेदोसहितको बाढीका कारण मर्स्याङ्दी नदी थुनिएको हो। नदीको बहावसमेत बढिरहेका कारण आसपासका क्षेत्रमा जोखिम बढेको उनले बताए।

‘घट्टे खोलाबाट आएको लेदोसहितको बाढीले नदी थुनिएको छ,’ उनले भने, ‘नदीको बहाव बढिरहेकोले जोखिम बढिरहेको छ।’

नदी थुनिएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अहिले मर्स्याङ्दी नदी क्षेत्रमा साइरन बजाइएको छ। स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।