पाल्पा क्षेत्र नं १ मा एमालेका राना बिजयी ।

0
450

२४ मंसिर , पाल्पा । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नं १ का नेकपा (एमाले)का दलबहादुर रानाले ३२ हजार ५४९ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजयराज घिमिरेले २३ हजार ९९३ मत प्राप्त गरेका छन् । त्यसैगरी प्रतिनिधिसभा सदस्यमा क्षेत्र नं १ को प्रदेश ‘क’बाट नेकपा (एमालेका) युवराज खनालले १७ हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका देवराज ढकालले १३ हजार ६६० मत प्राप्त गरेको बताईएको छ ।