२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

संसद् पुग्यो संघीय निजामती ऐनसम्बन्धी विधेयक, पारित भए कर्मचारीमा नयाँ नियम लागू हुने

‘संघीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संघीय संसद्मा पुगेको छ। बिहीबार विधेयक सचिवालयमा आइपुगेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती सेवा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो।

भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयकमाथि रायरपरामर्श लिन लोकसेवा आयोगमा विधेयकको मस्यौदा पठाउने निर्णय गर्दै त्यही दिन विधेयक आयोग पठाएको थियो।

लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकउपर आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको विधेयक मन्त्रिपरिषद्‌ले स्वीकृत दिएको थियो।

सरकारले ५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेकालाई अनिवार्य अवकाश दिने गरी विधेयकको मयौदा तयार गरेर अगाडि बढाएको छ ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था प्रस्तावित छ । यसले अवकाशमा जाने कर्मचारीको सुविधा कम हुँदैन ।

सरकारले संघीय संसद्को चालु अधिवेशन यही असोज १६ वा १७ गतेबाट अन्त्य गर्दैछ । यही तयारीअन्तर्गत असोज १६ गतेसम्मको प्रतिनिधिसभाको संसदीय क्यालेन्डर बनाइएको छ ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।