२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

सरकारको कामकारबाहीप्रति प्रमुख प्रतिपक्षको प्रश्न- ‘बहुमतको दम्भ कि कार्यकुशलताको अभाव?’

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले बहुमत प्राप्त वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले जनताले खोजेको बलियो सरकारले ‘कमजोर शासन’ सञ्चालन गरिरहेको भन्दै नेतृत्वको कार्यकुशलतामाथि प्रश्न उठाएका हुन् ।

नेता आङदेम्बेले जनादेशको सम्मान गर्दै मुलुकलाई स्थिरता र समृद्धिको दिशामा लैजानुपर्नेमा सरकार ‘झिना–मसिना’ मुद्दामा अल्झिरहेको टिप्पणी गरे । सरकारसँग पाँच वर्षका लागि प्राप्त स्पष्ट बहुमत भएपनि त्यसको सदुपयोग गरी आम नागरिकको जीवनस्तर उकास्ने दिशामा शासकीय कार्यकुशलताको अभाव देखिएको उनको भनाइ छ ।

उनले सरकारको पछिल्लो ६ महिनाको गतिविधिलाई ‘संक्रमणकालीन अवस्थाको निरन्तरता’ को संज्ञा दिँदै यसले विकास र अग्रगमनको सपनालाई ‘मृग तृष्णा’ बनाउने खतरा औँल्याए ।

उनले भने, ‘हामीले परिवर्तन र सुशासन खोजेका हौं, तर अहिलेको सरकारको क्रियाकलापबाट शासन कुनै निश्चित विधि र सिद्धान्तबाट निर्देशित नभई नेतृत्वको इच्छा र लहडमा चलेको आभास हुन्छ ।’

आङदेम्बेले सरकार सञ्चालनको शैलीमा संस्थागत विधि र परम्पराको उल्लंघन भइरहेको आरोपसमेत लगाए । उनले राजकीय व्यवहारमा देखिएको असन्तुलन र अनुभवहीनताले गर्दा मुलुकले सही दिशा लिन नसकेको जिकिर गरे ।

प्रतिपक्षका तर्फबाट सरकारलाई सुध्रिनका लागि धरातलीय यथार्थको ख्याल गर्न आग्रह गर्दै उनले सरकार स्वयंले आफ्नो समीक्षा गर्नुपर्नेमा जोड दिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।