गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त ।

0
407

२५ मंसिर, काठमाण्डाैं ।  सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आजको बैठकले गोरखापत्रमै कार्यरत उपाध्यायलाई नियुक्त गरेको हो । यस्तै आजको बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको छ । पौडेल गोपी कृष्ण हलकी संचालक हुन् । आजको बैठकले प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशका अस्थायी राजधानी तोक्नेबारेमा भने निर्णय गरेको छैन । बैठकमा यसबारेमा छलफल नभएको र अर्को बैठकले निर्णय गर्ने शहरी विकास मन्त्री दिलनाथ गिरीले बताउनु भयो ।