नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चुनाव हार्नुको कारण यसतो छ

0
311

मंसिर २६,गुल्मी – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा चुनावमा गुल्मी क्षेत्र नं. १ बाट हार व्यहोर्नु परेको छ । उहाँलाई नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले हराउनुभएको हो । संविधानसभा चुनावमा ज्ञवालीलाई पराजित गरेका भण्डारीले यसपाली नतिजा आफ्नो पक्षमा पार्न सक्नु भएन ।

विकास निर्माणका कामलाई आफ्ना मुख्य एजेण्डा बनाउने र कार्यकर्ताहरुबिच निकै घुलमिल रहेका कारणले गर्दा भण्डारीले यसपाली पनि चुनाव जित्छन् भनेर धेरैले आँकलन गरेका थिए तर जब बाम गठबन्धन भयो त्यसपछि भण्डारी चुनाव हार्ने आँकलन पनि नभएका होइनन् ।

प्रतिनिधिसभामा भण्डारीले गुल्मी एकबाट ७५ सय ५८ मत अन्तरले चुनाव हार्नु भएको छ । उहाँका प्रतिद्वन्दी प्रदिप ज्ञवालीले ३७ हजार ८ सय १४ मत प्राप्त गर्नु भएको थियो भण्डारी आफूले चाहिँ ३० हजार दुई सय ५६ मत मात्रै प्राप्त गर्नु भएको थियो ।

विगतमा तीन निर्वाचन क्षेत्र भएको गुल्मी जिल्लामा यसपटक दुईवटा मात्रै क्षेत्र रहेका थिए । साविकको क्षेत्र नम्बर दुईलाई दुईवटा निर्वाचन क्षेत्रमा आधा आधा गरेर बाँडिएको थियो । साविकको क्षेत्र नम्बर एक र दुई दुवै क्षेत्रमा अघिल्लो पटक कांग्रेसले चुनाव जितेको थियो । भण्डारी साविकको एक र दईको आधा भाग मिलेर बनेको क्षेत्र नम्बर एकबाट चुनाव लडनु भएको थियो ।

स्थानीय चुनावसम्म आउँदा निकै कमजोर बनेको कांग्रेसको संगठन भण्डारीका लागि चुनाव हार्ने कारण बन्न पुग्यो । साविकको क्षेत्र नम्बर एकमा कांग्रेस नेता कृष्ण छन्तेलले झिनो मतले चुनाव जितेका थिए । चुनाव जितेपछि छन्तेल कहिल्यै गाउँ फर्किएर गएनन् भन्ने आरोप पनि स्थानीय वृतमा त्यत्तिकै थियो । उहाँप्रति मतदाता मात्रै होइन कांग्रेस कार्यकर्तामा पनि चरम असन्तुष्टि थियो । एक नम्बर क्षेत्रका मतदाता रुष्ट भइरहेका बेलामा भण्डारीको भागमा त्यही क्षेत्र नम्बर एकको सबै ठाउँ प¥यो ।

स्थानीय चुनावमा आइपुग्दा कांग्रेसका धेरै गढ क्षेत्रहरु ढलेका कारणले पनि उनको हारलाई सहयोग पुग्यो । सालझण्डीबाट तम्घाससम्म बैकल्पिक बाटोको ट्रयाक खोल्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेका भण्डारीले चुनाव हार्न पुगे ।

विकास निर्माणका काममा महत्वपूर्ण योगदा पु¥याएको भए पनि भण्डारीको योगदानको खासै कदर नभएको अनुमान गर्न सकिन्छ । ‘विकासका काम गर्दैमा चुनाव जित्न सकिने रहेनछ’ भण्डारीले तम्घासमा आयोजना गरिको पत्रकार सम्मेलनमा भने, ‘मेरो पहल कदमीमा भएको विकासले औषधीको काम गर्न सकेन ।’

फास्ट ट्रयाक, रिडको तीनमुखे पुल, बाटाघाटा र पुल पुलेसाका लागि भण्डारीले महत्वपूर्ण योगदान गरेका थिए । तर साविकको क्षेत्र नम्बर एकमा उहाँ नयाँ अनुहार भएका काणले पनि समस्या भयो । यद्यपी ज्ञवाली र भण्डारी दुवैजना हाइप्रोफाइल नेता भएका कारणले यिनीहरुका बिचमा जहिले पनि कडा प्रतिस्पर्धा हुने गरेको छ ।