सुनको भाउमा गिरावट

0
273

मंसिर २६,काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५४ हजार ३ सय र तेजावी सुन ५४ हजारमा विक्री भएको थियो । आज चादी ७ सय १५ मा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।