पर्साबाट किन बडारियो बाम गठबन्धन ?

0
569

मंसिर २६,वीरगञ्ज । देशभर वाम गठबन्धनको दबदबा देखिएका बेला पर्सा जिल्लामा भने बाम गठबन्धन निकै पछाडि परेको छ ।

स्थानीय तहको निर्वाचनमा केही स्थानमा जीत दर्ता गर्न सफल भए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले नराम्ररी पराजय भोगेको छ ।

कांग्रेसले दुईवटा प्रदेशसभामा चित्त बुझाउँदा एमाले प्रतिनिधिसभा र प्रदेश सभा दुबैमा शून्य बनेको छ ।

४ प्रतिनिधिसभा र ८ प्रदेशसभा सदस्य रहेको पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ सबै स्थानमा फोरम-राजपा गठबन्धनले बाजी मारेका छन् । ४ मध्ये ३ क्षेत्रमा फोरम नेपाल र १ क्षेत्रमा राजपा विजयी भएका छन् ।

८ वटा प्रदेश सभा सदस्यतर्फ पनि ६ स्थानमा फोरम-राजपा गठबन्धनले बाजी मार्न सफल भएका छन् भने २ वटा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसले जित दर्ता गराउन सफल भएको छ ।

चुनावी दौडमा कांग्रेस निकटम प्रतिद्वन्द्वीको रुपमा देखिएको भए पनि बाम गठबन्धन अधिकांश स्थानमा तेस्रो स्थानमा खुम्चिएको छ ।