सप्तरीमा माओवादी शुन्य

0
407

मंसिर २५,सप्तरी । स्थानीय चुनावमा पनि सप्तरीको कुनै तहमा जित्न नसकेको माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि जित निकाल्न सकेन । स्थानीय चुनावमा एक्लै लडेको माओवादीले यो चुनावमा नेकपा एमालेको पनि साथ पाएको थियो ।

वाम गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको दुई सिट र चार सिट प्रदेशसभामा उम्मेदवारी दिएको थियो । गठबन्धनबाट जिल्लामा एमालेले दुई वटा प्रदेश सभा जितेपनि माओवादी भने शुन्यमा सीमित भयो ।

बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ मा माओवादीको उम्मेदवार थियो भने प्रदेशसभा क्षेत्र १ को ‘क’, २ को ‘क’ र ‘ख’ एवं ४ को ‘ख’ मा माओवादीको उम्मेदवारी थियो ।