चुनावका बेला गरेका बाचाहरु क्रमशः पूरा गर्दै जान्छु : नारदमुनी राना ।

0
391

२८ मंसिर, कैलाली । कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले चुनावका बेला गरेका बाचाहरु क्रमशः पूरा गर्दै जाने प्रतिवद्धता जनाएका छन् । आज कैलालीको धनगढीमा भएको पत्रकार सम्मेलनमा रानाले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै चुनावका बेला गरेका बाचाहरु पाँच वर्षभित्र प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताए ।