पर्साका म्यादि प्रहरीहरु आन्दोलनमा उत्रिए

0
450
म्यादी प्रहरी

मंसिर २८,वीरगञ्ज । निर्वाचनका लागि पर्सामा खटिएका म्यादी प्रहरीहरुले बिहिबार वीरगञ्जमा चक्काजाम गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्साले राज्यले तोकेको भन्दा कम सेवा सुविधा दिन लागेकोले म्यादीहरु आन्दोलित भएको हो।

जिल्ला प्रहरीमा गएर उनीहरुले गुनासो गर्दा कुनै सुनुवाई नभएको भन्दै घण्टाघर चोकमा दिउँसो साढे ३ बजेबाट चक्का जाम गरेका छन् ।

पर्सामा पहिलो चरणमा खटिएका म्यादी प्रहरीहरुलाई ६२ हजार दिएको भएपनि  ४८ हजार मात्रै दिन लागेको आरोप उनीहरुले लगाएका छन् ।