पाल्पामा पहिरो जादाँ एक जना बेपत्ता

0
382

मंसिर २९,काठमाण्डौं – पाल्पाको कालीगण्डकी करिडोर सडक विस्तार गर्ने क्रममा माथिबाट पहिरो खस्दा एक जना वेपत्ता भएका छन् । सडक विस्तार गर्ने क्रममा पहिरोले एक्साभेटर पुरिएपछि सह–चालक वेपत्ता भएका हुन् ।

एक्साभेटरका सह–चालक बझाङ थलास गाउँपालिकाका २१ वर्षीय सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पा जिल्लाको बगनासकाली गाउपालिका वडा नम्बर ६ यम्घामा कुटीडाँडा नजिकैको कालीगण्डकी करिडोरको सडकको विस्तारका क्रममा एक्साभेटर पुरिएको हो ।
घटनास्थलमा सहचालकको चप्पल भेटिएको प्रहरीले जनाएको छ । स्थानीयतको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले उनको खोजी कार्य जारी राखेका बताइएको छ ।