प्रचण्ड किन सरे नयाँ निवास ?

0
559

पुस १,काठमाण्डौं– हाल लाजिम्पाटस्थित निवास छाडेर  ललितपुरको खुमलटारमा सरेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व सेनापति रुकमांगद कटुवालको छिमेकी बन्न पुगेका छन् ।

पहिलो संविधानसभापछि प्रचण्ड नेतृत्वको सरकारले कटुवाललाई हटाउन खोज्दा तत्कालिन राष्ट्रपति रामवरण यादवको कदमका कारण प्रचण्डले नै राजीनामा दिनु परेको थियो ।  । सो घटना कटुवाल प्रकरणका रुपमा नेपाली राजनीतिमा चर्चित छ ।

उनै कटुवालको निवास नजिकै प्रचण्डको नयाँ निवास हुन पुगेको हो ।  पूर्व प्रधानसेनापति कटवाल खुमलटारकै बासीन्दा हुन् । खुमलटार हाइटमा  कटवालको निवास रहेको छ  भने सो नजिकैको दूरीमा प्रचण्डको नयाँ निवास रहेको हो ।

ललितपुर–१५ स्थित खुमलटार हाइटस्थित नयाँ घरमा शुक्रवार साँझबाट प्रचण्डको परिवार बस्न सुरु गरेको हो ।

प्रचण्डका एक सहयोगीका अनुसार उनले शुक्रबार राती खुमलटारकै निवासमा बिताए । यद्यपी अझैं पनि भेटघाट भने लाजिम्पाटमै गर्दै आएका छन् । आज

बिहानमात्रै पनि वाम गठबन्धन (एमाले–माओवादी) का विद्यार्थी संगठनकाे प्रचण्डलाई बधाई दिने कार्यक्रम लाजिम्पाटमै राखिएको थियो ।

अहिले सामान सार्ने काम  भइसकेकाले पूर्णरुपमा खुमलटारमा सिफ्ट हुन कम्तीमा पनि एक साता लाग्ने बताइएको छ