प्रचण्डले गरे संक्रान्तिबजारमा आगलागीबाट पिडितहरुलाई राहत दिने घोषणा

0
429

पुस २,काठमाण्डौं । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा आगलागी भएको एक वर्ष पूरा भएको छ । गतवर्ष पुस १ गते संक्रान्तिबजारमा आगलागी भएको थियो । आगलागीेको दिनलाई आठराईवासीले कालो दिनको रुमिा लिएका छन् । पुनःआगलागीबाट क्षति नहोस भन्ने उदेश्यले यो दिनलाई कालो दिनको रुपमा मनाएका हुन् । कालो दिनको रुपमा लिदै स्थानीयले “अग्नि दहा पूजासमेत गरेका छन् । सो आगलागीमा संक्रान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए ।

आगलागी भएको वर्षदिन पूरा भइसक्दा समेत कसैको पनि घर बन्न सकेको छैन । पिडितपरिवारले अभैm टहरामा चिसो रात कटाइरहेका छन् ।
आगलागी भएको क्षेत्रमा अहिलेसम्म एउटा मात्र स्थायी र दुईवटा जस्तापाताका अस्थायी घर बनेका छन् । आगलागीपछि आएका विभिन्न संघ संस्थाका राहातले पीडितको पीडामा मलमपट्टी लगाउने मात्र काम गर्यो ।

संक्रान्तिबजार आगलागीले सरकारकै ध्यान खिच्यो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारका जम्बो टोलीले पीडितसँग भेटघाट गरी आगलागी क्षेत्रको निरीक्षण गरेर विशेष राहत प्याकेज घोषणा गरेपनि अहिलेसम्म पीडितले सरकारबाट घोषित राहत प्याकेज  पाउन सकेका छैनन् ।

पीडित अझै टहरामा बस्न बाध्य
संक्रान्ति बजारका अग्निपीडित अहिलेसम्म टहरामा बस्न बाध्य भएका छन् । आगलागीबाट सर्वस्व गुमाएका तीन परिवार टहरामा बसेका छन् भने कोही डेरा लिएर बसेका छन् ।

“यस वर्षको जाडो पनि टहरामै बित्ने भयो, विदेश गएर कामएको पैसाले बनाएको घर छिनमै खरानी भयो, घर बनाउन सकिन ।” टहरामा चिसो रात कटाइरहेकी पीडित सूर्य गुरुङले गुनासो पोखिन् “सरकारले ऋण दिए घर बनाउँथे ।

जाडोको समय शुरु भएको छ । टहरामा शीत परेर रात कटाउन नै गा¥हो हुन्छ, बनिबुतो गरेर दुई बच्चासहितको चार जनाको परिवार पाल्दैछु । घर बनाउने कुनै स्रोत छैन।” पीडित गुरुङले गुनासो सुनाइन् ।