राजपा र फोरमबाट समानुपातिकमा महिला मात्र पठाउनुपर्ने।

0
383

३ पौष ,काठमान्डौ  । प्रतिनिधिसभा सदस्यमा समाुनपतिक सिटमा राष्ट्रिय जनता पार्टी संघीय समाजवादी फोरम नेपालले महिलालाई मात्रै पठाउनुपर्ने देखिएको छ । राजधानी दैनिकमा समाचार छ ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभा कम्तीमा ३३ प्रतिशत ( ९९ जना) महिला हुनुपर्ने संवैधानिक व्यवस्थालका कारण राजपा र संघीय फोरमले पाउने समानुपातिक सिटमा महिला मात्रै पठाउनुपर्ने देखिएको हो ।

प्रतिनिधिसभा प्रत्यक्षतपर्फको १ सय ६५ सिटमा राजपाले ११ र संघीय फोरमले १० सिट जितेको छ ।