गुजरातमा कांग्रेसको स्थिति निकै खराब ।

0
358

३ पुस, काठमाडौं । ‘गुजरातमा कांग्रेसको स्थिति निकै खराब रहेन र त्यो जोडदार जित पनि होइन, जुन बीजेपीले चोहेको थियो’ याे गुजरात विधानसभा मतगणनाको प्रारम्भीक रुझानलाई लिएर जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले गरेकाे ट्वीट हाे । जारी मत गणनामा भारतीय जनता पार्टीले १०९ सिटमा अग्रता लिएको छ भने कांग्रेसले ६९ स्थानमा अगाडि छ । चार सिटमा अन्य दलले अग्रता लिएको छ । १८२ सदस्यीय विधानसभामा सरकार गठनका लागि ८२ सिट चाहिन्छ । सुरुवाति रुझानले गुजरातमा फेरि पनि भाजपाकै सरकार बन्ने संकेत देखिएको छ ।यो पटक पनि परीणाम भाजपाकै पक्षमा जाने दखिएको छ । तर, जम्मू कश्मीरका पूर्वमुख्यमन्त्री उमर अब्दुल्लाले भने जस्तै उसले सोचे जस्तो जित नहुने देखिन्छ ।