मापदण्डविपरीत सञ्चालन भएका  ड्राइभिङ स्कुल सिल ।

0
281

४ पौष , काठमान्डौँ ।  मापदण्डविपरीत सञ्चालन भएका ७  ड्राइभिङ स्कुललाई आफूर्ति व्यवस्थापन तथा उपभोक्तासहति संरक्षण विभागको अनुगमन टोलीले बन्द गराएको छ । टोलीले तर्दा नभएका र यातायात व्यवस्था विभागबाट खोलिएका स्कुल बन्द गराएको हो । नयाँ पत्रिकामा समाचार छ ।

विभागको अनुगमन प्रतिवेदनअनुसार आइतबार भएको अनुगमनमा ललितपुरको सानेपामा सञ्चालन गरिएको यु टर्न भेहिकल सोलुसन एनड प्री टेस्ट सेन्टरमा सिल लगाएको छ । सो ड्राइभिङ स्कुलमा व्यवसाय दर्ताअनुसारको साइनबोर्ड नभएको, प्रशिक्षण केन्द्र अनुमतिपत्रको नविकरण नभएको, सिकाउने गाडीको क्लज र ब्रेक नै नभएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।