सुपर ग्यास उद्योगमा लागेको आगो नियन्त्रणा वाहिर , दुई जनाको मुत्यु ।

0
421

५ पौष ,पर्सा । पर्साको वीरगञ्जमा रहेको ग्यास उद्योगमा आगलागी हुँदा दुईजनाको मुत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१४ गण्डकमा रहेको सुपर ग्यास उद्योगमा आगलागी भएको हो । मुत्यु हुनेको पहिचान नखुलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तीनजना घाइते भएका छन् । त्यहाँ रहेका अमिकाप्रसाद पटेल र वारुणयन्त्रका कर्मचारी सन्दिप नेपाल घाइते भएका र दुवैजनाको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते एकजनाको पनि परिचय खुलेको छैन । उद्योगमा रहेका ग्यास बुलेटहरु समेत जलेकाले आगो नियन्त्रण बाहिर रहेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा दमकल र प्रहरीले आगो निभाउने प्रयास भने भइरहेको प्रहरीले जनाएको छ । आगो फैलिँदै गएकाले उद्योग आसापासका क्षत्रेमा आवतजावत रोकेको प्रहरीले जनाएको छ ।