सुनचाँदीको भाउ बढ्यो ।

0
335

९ पौष , काठमान्डौँ । हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा १० रुपैयाँ बढेर चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ ।