हिटरबाट सल्किएको आगोले जलेर एक युवकको मुत्यु ।

0
757

१० पौष, काभ्रे ।काभ्रेमा हिटरबाट सल्किएको आगोले जलेर एक युवकको मुत्यु भएको छ । पनौती नगरपालिका–५ मिजार गाउँमा सुकदेव श्रेष्ठको पोल्ट्रीफार्ममा हिटरबाट सिरकमा आगो सल्किँदा अन्दाजी २६ वर्षका सुदिपको मुत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुदिपको बारेमा थप जानकारी खुल्न बाँकी छ ।