रुसका विपक्षी दलका नेता नाभाल्नीलाई आगामी राष्ट्रपतीय चुनावमा भाग लिन प्रतिबन्ध ।

0
304

११ पौष, एजेन्सी । रुसका विपक्षी दलका नेता एलेक्सी नाभाल्नीलाई आगामी राष्ट्रपतीय चुनावमा भाग लिन प्रतिबन्ध लगाइएको छ । आगामी बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका नाभाल्नीलाई औपचारिक रुपमा प्रतिबन्ध लगाइएको हो । केन्द्रीय निर्वाचन आयोगले नाभाल्नी भ्रष्टाचार मुद्दामा मुछिएकाले निर्वाचनमा भाग लिन अयोग्य भएको बताएको छ । नाभाल्नीले भने आफूमाथि राजनीति प्रेरित षड्यन्त्र भएको आरोप लगाउदै सत्यको पक्षमा सदैव रहने बताएका छन् । भ्रष्टाचारबिरुद्ध अभियान चलाउँदै आएका नाभाल्नी रुसका एक मात्र प्रतिपक्षी नेता हुन् ।