प्रधानमन्त्री देउवाले राजीनामा दिएर नयाँ सरकार निर्माणको बाटो खोल्नु पर्छ : गिरिराजमणि पोखरेल ।

0
568

११ पौष , विराटनगर । विनाविभागीय मन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले एमाले–माओवादी पार्टी एकतापछि मात्रै सरकार गठन हुने बताएका छन् । उनले वाम गठबन्धनलाई जनताले पार्टी एकताका लागि जनादेश दिएकाले दुई दल त्यही अनुरुप अघि बढेको दाबी गरे । एमाले–माओवादी फुटाउने षडयन्त्र भइरहेको प्रसंग उल्लेख गर्दै उनले वाम गठबन्धनबाहेकको सरकार जनादेशविपरीत हुने बताए ।निर्वाचन परिणाम आइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार निर्माणको बाटो खोल्नुपर्ने उनको भनाइ छ ।राष्ट्रियसभाको अध्यादेशको सन्दर्भमा उनले प्रमुख राजनीतिक दलहरु मिलेर यस समस्याको समाधान गर्नुपर्ने र दलहरुकै सहमतिमा गभर्नरको पनि नियुक्ति हुनुपर्ने विषयमा जोड दिए ।