रानी पोखरी पुननिर्माणमा मेयर,उपमेयर बिचको बिबाद उत्कर्षमा ।

0
794

११ पुस, काठमाडौं । रानीपोखरीको पुनर्निमाणका विषयमा महानगरभित्र नै विवाद चर्किएको छ । रानीपोखरी पुनर्निर्माणलाई लिएर मेयर र उपमेयर दुई ध्रुवमा उभिएका छन् । उपमेयर हरि प्रभा खड्गीले मेयर बिद्यासुन्दर शाक्यले रानी पोखरीको महत्व विपरीत काम गरेको बताएकी छिन् ।

मेयर शाक्यले भने आफूहरु निर्वाचित भएर आउनु अघि नै रानीपोखरीको काम भइरहेकाले आफूलाई मात्र दोष नदिन आग्रह गरे ।

रानीपोखरी पुनर्निर्माणमा क्रंक्रिट प्रयोग गरिएपछि सम्पदाविद्हरुले चर्को विरोध गर्दै आएका छन् । उपमेयर खड्गीले मंगलबार रानीपोखरीको अवलोकन गरेपछि काम रोक्नु पर्ने बताएकी थिइन् ।

लगतै वडाध्यक्षकै रोहबरमा ‘सम्पदा प्रेमी काठमाडौंबासी’को नाम सम्पदाविद्हरुले ताला लगाएका थिए ।

त्यस लगत्तै रानीपोखरी पुगेका मेयर शाक्यको निर्देशनमा नगर प्रहरीले ताला तोडेको छ । मेयर शाक्यले पनि पुनर्निर्माणको कामको निरीक्षण गरेका छन् ।